Skip This
Skip This

पहिराेकाे कारण कर्णाली राजमार्ग अवरुद्ध

२०७६ असार २६ बिहीबार १४:०४:००

कर्णाली राजमार्गको शुभकालिका–१ को दैखोला र गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार रातिदेखि भएको अविरल बर्षाको कारण पहिरो जादाँ बिहान १० बजेबाट राजमार्गा अवरुद्ध भएको हो । 

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेपनि बर्षको कारण समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सम्बन्धित समाचार