लन्डनको सडकमा शिल्पा सेट्टीको किस

२०७६ असार २६ बिहीबार ०७:३८:००

बलिउड अभिनेत्री शिल्पा सेट्टी लामो समयदेखि बलिउडदेखि टाढा छिन् । केही समयअघि उनको टिभी रियालिटी सो ‘सुपर डान्स’को सिजन–३ सकियो । कामबाट स्वतन्त्र भएपछि अहिले शिल्पा परिवारका साथ लन्डनमा छुट्टी मनाइरहेकी छिन् । शिल्पाले लगातार फोटो र भिडियो पनि सामाजिक सञ्जालमा हालिरहेकी छिन् । 

शिल्पाले श्रीमान् राज कुन्द्राको साथमा नयाँ भिडियो अपलोड गरेकी छिन्, जुन भाइरल भइरहेको छ । उनले इन्स्टाग्राम एकाउन्टमा राज कुन्द्रालाई किस गरिरहेको भिडियो सेयर गरेकी हुन् । भिडियोमा शिल्पा र राज लन्डनको सडकमा किस गरिरहेको देखिएका छन् । भिडियो सेयर गर्दै शिल्पाले अमिताभ बच्चनको हम फिल्मको ‘चुम्मा चुम्मा दे दे’ गीतलाई क्याप्सनमा लेखेकी छिन् । 

 

 

 

सम्बन्धित समाचार