नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी एमालेको एघाराैँ महाधिवेशनमा आयोगको अध्यक्षमा एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
पहारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिन हुँदा अकुत सम्पत्ति आर्जन गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धानले उनीविरुद्ध मुद्दा दायर गरेकोमा विशेष अदालतले ०७५ सालमा दोषी ठहर गरी १० महिना कैद र ९८ लाख जरिवानाको सजाय सुनाएको थियो। हाल उनी पोखरामा होटेल व्यवसाय गर्छन्।
त्यस्तै, अनुशासन आयोगको उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध भएका छन्।
केन्द्रीय लेखा आयोगमा डा. पुष्पराज कँडेल निर्विरोध भएका छन्।