Skip This
नेप्से ५८ अंकले बढ्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ५८ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५५:oo

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ५८.६३ अंक (२.२३ प्रतिशत)ले बढेर दुई हजार ६८२.२५ विन्दुमा कायम भएको हो। आज क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.९९ प्रतिशतले वृद्धि भएको छ।

आज कारोबारमा आएका ३२८ कम्पनीका एक करोड १३ लाख ५३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब २९ करोड २७ लाख ७३ हजारको कारोबार भएको छ।

आज नेप्सेका सबै उपसूचकमा हरियाली छाएको छ। जलविद्युत् र निर्जीवन बिमा समूह तीन प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जीवन बिमा, लघुवित्त र अन्य समूह दुई प्रतिशतभन्दा धेरैले उकालो लागेका छन्।

सप्तकोशी विकास बैंक र जोशी हाइड्रोपावर विकास कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी विकास कम्पनी, एसियन हाइड्रोपावर, हिमस्टार ऊर्जा कम्पनी, कालिका पावर कम्पनी, सयपत्री हाइड्रोपावर, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ।

आज प्रभु स्मार्ट फन्ड सर्वाधिक अंक (४.३० प्रतिशत)ले घटेको छ।