
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भोलि साँझ ७ बजेदेखि पर्सि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ। नेपाली सेनाद्वारा जारी विज्ञप्तिअनुसार पछिल्लो सुरक्षा परिस्थितिअनुसार नागरिकको जनधनको सुरक्षार्थ निषेधाज्ञा र कर्फ्यु आदेश जारी राख्नुपर्ने भएको हो।