मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
२o८२ भदौ २६ बिहीबार १९:२४:oo
Read Time : > 1 मिनेट
समाचार

सिराहा जिल्लाभर शुक्रबार बिहानसम्म कर्फ्यु आदेश 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १९:२४:oo

जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार १० बजेदेखि साँझ ६ बजेसम्म गरेको कर्फ्यु  आदेश बढाएर शुक्रबार बिहानसम्मका लागि पुर्याएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शान्ति सुरक्षाको विश्लेषणको आधारमा जिल्लाभित्र शान्ति सुव्यवस्था कायम राख्न स्थानीय प्रशासन ऐन ०२८ को दफा ६ (क) बमोजिम साँझ ६ बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश शुक्रबार बिहानसम्मका लागि बढाइएको बताए । उनले भने ‘कर्फ्र्यु  आदेश उल्लंघन गरिएमा कानुन बमोजिम कारबाही गरिनेछ ।’ 

कर्फ्युे अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारीसाधन तथा सञ्चारकर्मीहरु, पर्यटक सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने उनले बताए । उनका अनुसार जिल्लाको शान्ति सुरक्षाको अवस्थामालाई मध्यनजर गर्दै शुक्रबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा लगाइने छ । 

जिल्ला सुरक्षा समिति निर्णयको आधारमा बुधबार साँझ ५ बजेदेखि कर्फ्यु लगाइएकाले स्थानीय हाटबजार, शिक्षण संस्था, सवारी साधन, बैंक तथा वित्तीय संस्था बन्द छन् भने जिल्लाका केहीबाहेक प्रायः सबै कार्यालय आन्दोलनको क्रममा आगजनीको कारणले ध्वस्त भएकाले सेवा प्रवाह ठप्प छ । 

सरकारी कार्यालयहरू २९ भदौदेखि आंशिक सञ्चालन
जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार जिलाभित्रका सरकारी तथा संघ संस्थाका सेवा प्रवाहबारे जरुरी सूचना जारी गर्दै  २९ भदौदेखि आफ्नो कार्यालयको सम्भव भएसम्म सामन्वय सेवा मात्र भए पनि सञ्चालनको प्रबन्ध गर्न कार्यालय प्रमुखहरूलाई आग्रह गरेको छ । 

सूचनामा आन्दोलनको क्रममा जिल्लाभित्र सरकारी तथा सरकारी संघ संस्थाको भौतिक सवारी साधन, मेसिनरी औजार र सूचना प्रविधि समेतमा भएको क्षतिको विश्लेषणको आधारमा प्रवाह हुने सेवालाई के कसरी छिटो प्रवाह गर्न सकिन्छ, तत्काल कार्यालय प्रमुखसहितका कर्मचारीहरुले समन्वय सहजीकरण र सहकार्य गर्न अनुरोध गरिएको छ । प्रशासनले जिल्लास्थित सरकारी तथा संघ संस्थाका कार्यालयमा भएको क्षतिको विवरण संकलन गरी त्यसको जानकारी कार्यालयलाई पठाउन अनुरोध गएिको छ ।