मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
Invalid date format १६:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विभिन्न कारागारबाट भागेकामध्ये १६६ कैदीबन्दी मकवानपुर प्रहरीको नियन्त्रणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२३:oo

२४ भदौमा ‘जेन–जी’ आन्दोलनपछि देशका विभिन्न कारागारबाट भागेकामध्ये १६६ कैदीबन्दीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त परिचालनमा हालसम्म १६६ कैदीबन्दीलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका ४४० कैदीबन्दीमध्ये ७८ जना पक्राउ परेका छन्। एक हजार ६६ जना कैदीबन्दी रहेको मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीका ३६२ जना कैदीबन्दी अझै फरार रहेका प्रवक्ता अर्यालले बताए। फरार कैदीबन्दीहरूलाई पक्राउ गर्न अन्य जिल्लाहरूसँग समन्वय र तीनै तहको सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ।

‘भीमफेदी कारागारमा रहेका एक हजार ६६ जनामध्ये ४४० जना फरार भएका थिए। तीमध्ये पनि ७८ जनालाई हामीले बुधबार र बिहीबार गररे पक्रन सकेका छौँ,’ उनले भने, ‘अन्य फरार भएकाहरूलाई हामी आफैँले पनि खोजी गरिरहेका छौँ भने छिमेकी जिल्लाहरूसँग पनि समन्वय गरिरहेका छौँ।’

यस्तै, मकवानपुर प्रहरीले हेटौँडामा रहेको मकवानपुर बाल सुधारगृहबाट बुधबार फरार भएका ७२ मध्ये ४१ जनालाई पुनः नियन्त्रणमा लिएको छ भने अझै ३१ जना फरार रहेका छन्। बाल सुधारगृहमा ९२ जना रहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए।

यसैगरी, मकवानपुर प्रहरीले अन्य कारागारहरूमध्ये नक्खु कारागार, डिल्लीबजारबाट भागेका कैदीबन्दीमध्ये सातजना, केन्द्रीय कारागार, जगन्नाथदेवलबाट भागेकामध्ये दुईजना, कास्की कारागारबाट भागेका एकजना र तनहुँ कारागारबाट भागेका दुईजना कैदीबन्दीलाई समेत नियन्त्रणमा लिएको छ। 

यस्तै, कुन कारागार कार्यालयबाट भागेका हुन् भन्ने विवरण खुल्न बाँकी रहेका ३५ जनालाई पनि सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको प्रवक्ता अर्यालले बताए । उनले सुरक्षा निकायले कैदीबन्दी पुनः नियन्त्रणमा लिनका लागि प्रदेश र जिल्लास्तरमा विशेष अप्रेसन सञ्चालन गरिरहेको र आमनागरिक र फरार भएका कैदीबन्दीका आफन्तलाईसमेत सहयोग गर्न आग्रह गरेको बताए।