
नबिल बैंकले आज बिहीबार काठमाडौं उपत्यकाभित्रका केही शाखामा सीमित सेवा उपलब्ध हुने जनाएको छ। बैंकले जारी गरेको सूचनाअनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुनेछ।
सीमित सेवा उपलब्ध हुने शाखाहरूमा काठमाडौंको तीनधारा, महाराजगन्ज र हलचोक, भक्तपुरको कौशलटार र सूर्यविनायक तथा ललितपुरको सातदोबाटो शाखा छन्।
बैंकले उपत्यकाबाहिरका शाखासम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ।