मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २६ बिहीबार १o:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जेन–जीको आन्दोलनपछि रोकियो नेपालको क्रेडिट रेटिङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १o:५o:oo
  • बुधबारदेखि फिचका टोली नेपाल आउने तय भएको थियो, आन्दोलन चर्किएसँगै अर्थ मन्त्रालयका अधिकारीहरूले भ्रमण रद्द गराएका थिए

जेन–जीको आन्दोलनपछि नेपालमा हुने भनिएको देशको सार्वभौम साख मूल्यांकन रोकिएको छ । २४ भदौमा रेटिङका लागि फिच रेटिङ्सको टोली नेपाल आउने निर्धारित कार्यक्रम थियो । तर, आन्दोलन चर्किएसँगैे टोलीको भ्रमण कार्यक्रम रद्द गरेको अर्थ मन्त्रालयका प्रतिनिधिले जानकारी दिएको छ । 

२४, २५ र २६ भदौमा अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचको टोलीले नेपालमा रेटिङ गर्ने तय भएको थियो । अर्थ मन्त्रालयले पनि आवश्यक प्रक्रिया पूरा गरिसकेको थियो । गएको वर्ष फिचले नेपालको रेटिङ गरेको थियो । फिचसँग नेपालले दुई वर्षको रेटिङका लागि सम्झौता गरेको थियो । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले बिबी माइनस ग्रेड पाएको थियो ।

फिचले इन्भेस्टमेन्ट ग्रेड र स्पेक्युलेटिभ ग्रेड गरी रेटिङका ग्रेडलाई दुई भागमा विभाजित गरेको छ । इन्भेस्टमेन्ट ग्रेडमा पर्ने रेटिङले कर्जाको जोखिम न्यून रहेको अवस्थालाई जनाउँछ भने स्पेक्युलेटिभ ग्रेडले कर्जाको उच्च जोखिम वा कर्जा नतिरेको अवस्थालाई देखाउँछ । इन्भेस्टमेन्ट ग्रेडअन्तर्गत एएए, एए, ए र बिबिबी ग्रेड छन् । कर्जाको जोखिम न्यून रहेको उच्चतम अवस्थालाई एएएले इंगित गर्छ । बिबिबीले इन्भेस्टमेन्ट ग्रेडको तल्लो सिमामा रहेको देखाउँछ ।

स्पेक्युलेटिभ ग्रेडअन्तर्गत बिबी, बी, सिसिसी, सिसी, सी, आरडी र डी पर्छन् । इन्भेस्टमेन्ट ग्रेडबाट खस्किएर एक स्थान तल रहेको अवस्थालाई बिबी ग्रेडले जनाउँछ  । डी ग्रेडले कर्जाको उच्चतम जोखिमलाई जनाउँछ ।