मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
२o८२ भदौ २६ बिहीबार १o:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अज्ञात समूहद्वारा कुसे गाउँपालिकाको वडा कार्यालयमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १o:४३:oo

जाजरकोटको कुसे गाउँपालिका– ४, अछार्नीस्थित वडा कार्यालयमा अज्ञात समूहले गएराति आगजनी गरेको छ । बुधबार साँझ अज्ञात व्यक्तिहरूले वडा कार्यालयको ढोका तोडफोड गरी आगजनी गरेका हुन् । 

कुसे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार आगजनीका क्रममा कार्यालयमा रहेका महत्त्वपूर्ण कागजातसहित कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख वसन्तप्रसाद शर्माले घटनामा संलग्न व्यक्तिहरूको पहिचान हुन नसकेको बताए । ‘घटनास्थलमा प्रहरी खटाइएको छ, प्रारम्भिक अनुसन्धान भइरहेको छ, अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन।’