
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन आग्रह गरेका छन्। बुधबार बेलुका सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्।
उनले अविलम्ब चुनावी सरकार गठन र संसद् विघटनको प्रक्रिया अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने जेन-जीबिच सहमति हुन नसकेका जला बालेनको यस्तो धारणा आएको हो।