मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २५ बुधबार १९:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट राजनीतिक निकास खोजिनुपर्छ : एमाले

‘प्रदर्शनलाई कसले विध्वंसात्मक बनायाे भन्ने छानबिन हुनुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार १९:o५:oo

नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोज्नुपर्ने बताएको छ।

एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर पार्न नहुने एमालेले स्पष्ट पारेको छ।

जेन्जीको शान्तिपूर्ण प्रदर्शनलाई विध्वंसात्मक र विनाशकारी बनाइएको घटनाको छानबिन तथा राज्यका सुरक्षा निकायहरुको भूमिकाको समीक्षा हुनुपर्ने एमालेले बताएको छ।

‘प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरुको पूर्वघोषणाविपरीत र यसमा कुनै संलग्नता नरहेको उहाँहरुको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरु कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ,’ विज्ञप्तीमा भनिएको छ।