
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश आकस्मिक र अप्रत्याशित ढंगले आतंकित भएको बताउँदै सबैलाई संयम र धैर्यका साथ उच्च मनोबलसहित सतर्क, सजग र भावनात्मक रूपमा एकताबद्ध रहन आह्वान गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै सिटौलाले हालको कठिन र पीडादायी परिस्थितिमा नागरिक समाज, सबै राजनीतिक दलका नेताहरु तथा देशभरका नागरिकलाई शान्तिपूर्ण ढंगले संकट सामना गर्न आग्रह गरेका छन्।
उनले देशमा शान्ति–सुव्यवस्था कायम गरी नेपाली जनताको जीउधनको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध निकायलाई पनि हार्दिक अनुरोध गरेका छन्।