मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
Invalid date format १४:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा ध्वस्त भए अर्बौँका सरकारी संरचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o३:oo

कैलालीमा आन्दोलनकारीले आगो लगाउँदा अर्बौँका सरकारी संरचना ध्वस्त भएर भग्नावशेष बनेका छन्। धनगढीमा रहेका प्रदेश र संघ सरकारमातहतका सबैजसो कार्यालय आगलागीबाट ध्वस्त भएका छन्।

प्रदर्शनकारीले हिजो मंगलबार सरकारी कार्यालयलाई निशाना बनाएका थिए। धनगढीमा मुख्यमन्त्री कार्यालय, भन्सार कार्यालय, प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था तथा कृषि मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय, मालपोत तथा नापी कार्यालय, सिटिइभिटीको प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय, भन्सार, यातायातलगायत दर्जनभन्दा बढी सरकारी कार्यालय आगलागीबाट क्षतिग्रस्त बनेका छन्।

यीमध्ये धेरैजसो कार्यालय पूरै ध्वस्त छन्। प्रदर्शनका क्रममा दर्जनौँ सरकारी गाडीसमेत जलाइएका छन्। अधिकांश स्थानीय तहका भवनमा पनि आगजनी गरिएको थियो।

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सरकारी कार्यालय सबै तहसनहस भएको बताए।