
जेन–जी समूहले कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री प्रकाश रावलको घरमा पनि तोडफोड र आगजनी गरेका छन्। कर्फ्यु लागेपछिको समयमा उनीहरूले रावलको घरमा तोडफोड र आगजनी गरेका हुन्।
नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका पूर्वआर्थिक मामिलामन्त्री रावलको भीमदत्त नगरपालिका– ६, ऐंठपुरमा तोडफोड र आगजनी गरेका हुन्।