
प्रदर्शनकारीहरूले विराटनगरकाे देवकोटाचोकस्थित कोशी प्रदेश सभाको भवनमा आगजनी गरेका छन्। बिहानैदेखि कर्फ्यु अवज्ञा गरेर भित्र प्रवेश गर्न खोजेका प्रदर्शनकारी र प्रहरीको पटकपटक झडप भएको थियो।
प्रदर्शनकारी पहिले प्रदेश सभाको गेटमा आगजनी गरेर भित्र प्रवेश गरेका थिए। त्यसपछि प्रदेश सभाको मुख्य भवनमा आगजनी गरिदिएका थिए।