
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनुपर्ने बताउँदै उनले आफूले पदबाट राजीनामा दिएको बताएका छन् । पछिल्लो घटनाक्रमले आफूलाई पदमा बस्न नदिएको उनको भनाइ छ ।
उनले निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको बताउँदै उनले राज्यले गरेको व्यवहारको मूकदर्शक बन्न नसकेको बताएका छन् ।