मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जको एक होटेलमा गोली चल्दा किशोरी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

वीरगन्ज महानगरपालिकामा गोली चल्दा एक किशोरी घाइते भएकी छिन्। वीरगञ्ज– १६ स्थित मुस्कान होटलमा गोली चल्दा होटेलमा काम गर्ने भारत बेतियाकी १८ वर्षीय निशा सहनी घाइते भएकी हुन्।

सोमबार पौने ४ बजेको समयमा भारतकै झारखण्डका २८ वर्षीय प्रदीप कुमार शर्माले गोली चलाएका पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिए। उनका अनुसार होटेलमा काम गर्ने सहनीमाथी शर्माले मादक पदार्थ सेवन गरेर गोली प्रहार गरेको बुझिएको छ।

घाइते सहनीको बायाँ गालामा गोली लागेकाले नारायणी अस्पतालमा उपचार भइरहेको उनले बताए। घटनाको अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरी नायब उपरिक्षक लम्सालले बताए।