मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अक्षराद्वारा आयोजित राष्ट्रिय नाटक उत्सव सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

अक्षरा स्कुलको आयोजना र लालाबालाको सहकार्यमा काठमाडौंको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’मा  भएको विद्यालयस्तरीय पाँचदिने दोस्रो राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ।

कवि तथा अभिनेता विजय बरालको प्रमुख आतिथ्यमा भदौ २ गते उद्घाटन भएको महोत्सव शुक्रबार लिटिल एन्जल्स स्कुलको ‘भिरमा फुलेका फूल’, पवन प्रकृति स्कुलको ‘पिता...??’, पिक प्वाइन्ट एडुकेसन नेटवर्कको ‘यशस्वी भवः’ र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको ‘समीर नाचेको दिन’ नाटक प्रस्तुत गर्दै सम्पन्न भएको आयोजक स्कुल अक्षराले जनाएको छ।

समापन कार्यक्रममा आयोजक स्कुल अक्षराकी संस्थापक निर्देशक अन्जु भट्टराईले सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेकी थिइन्। कार्यक्रममा बोल्दै उनले साहित्य, सङ्गीत, कला र संस्कृति मानव जीवनका अभिन्न अङ्ग भएकाले विद्यालय तहकै नानीबाबुहरूलाई अभिनयात्मक कला सिकाउनु अपरिहार्य भएकाले राष्ट्रिय नाटक महोत्सव आयोजना गरेको बताइन्।

महोत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका गरी विभिन्न १७ वटा स्कुलका १७ वटा नाटक मञ्चन भए। 

समापन कार्यक्रममा नेपाली चलचित्रका निर्देशक तथा नेपाली पटकथा लेखक प्रदीप भट्टराईलगायत विभिन्न क्षेत्रका कलाकारहरूको उपस्थिति थियो। यसअघि नाटक महोत्सवको पहिलो संस्करण लालाबालाले आयोजना गरेको महोत्सव निर्देशक टंक चौलागाईंल बताए।