मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
Invalid date format १९:o४:oo
Read Time : < 1 मिनेट
अर्थ

बुटवल उद्योग वाणिज्य संघको साधारणसभा २७ असोजमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o४:oo

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारणसभाको मिति तय भएको छ। संघको कार्यसमिति बैठकले संघको ७२औँ वार्षिक साधारणसभा आगामी २७ असोजमा गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारणसभा तयारीका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ। साधारणसभामा सहभागी सदस्यहरूलाई वितरण गर्ने किट ब्याग व्यवस्थापनका लागि कार्यसमिति सदस्य जगन्नाथ न्यौपाने, खाना तथा खाजा व्यवस्थापनका लागि कार्यसमिति सदस्य उमेश अमात्य र स्वागत तथा सत्कारका लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।

त्यसैगरी, मतसर्वेक्षणका लागि कार्यसमिति सदस्य सुनिता शर्मा बन्जाडे, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनका लागि कार्यसमिति सदस्य निर्मित कसजू, निमन्त्रणा कार्ड व्यवस्थापनका लागि कार्यसमिति सदस्य काशीराम शर्मा पौडेल, पार्किङ व्यवस्थापनको लागि कार्यसमिति सदस्य टीकाराम बन्जाडे र सौजन्य तथा सहयोग व्यवस्थापनका लागि कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।