मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

डिएभी स्पोर्टस् गाला : क्रिकेटमा पुलिस स्कुल र फुटबलमा कान्जिरोवा च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

ललितपुरस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलमा आयोजित पहिलो संस्करणको ‘लेट सुशील केडिया मेमोरियल स्पोर्टस् गाला २०२५’ आज सम्पन्न भएको छ।

स्पोर्टस् गालामा कुल ९१ विद्यालयको सहभागिता थियो जसले विभिन्न ६ वटा खेलका टिम र व्यक्तिगत विधामा प्रतिस्पर्धा गरेका थिए। साउन २४ गतेदेखि सुरु भई भदौ ११ गतेसम्म २० दिन सञ्चालन भएको स्पोर्टस् गाला डिएभी स्कुलले आयोजना गरेको अहिलेसम्मकै ठुलो प्रतियोगिता हो।

प्रतियोगिताको अन्तिम दिन सम्पन्न क्रिकेटतर्फको फाइनलमा नेपाल पुलिस स्कुलले एलआरआई स्कुललाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो। जितको लागि ७२ रनको लक्ष्य पाएको एलआरआईले कमजोर ब्याटिङ गर्दै ४.३ ओभरमा २३ रनमै सबै विकेट गुमायो। नेपाल पुलिस स्कुलका आर्यन शाहले ४ विकेट लिँदै जितमा अहम योगदान दिए। यसअघि ब्याटिङमा समेत आर्यनले ३१ रन बनाएका थिए।

क्रिकेट प्रतियोगितातर्फ एलआरआई स्कुलका अभि थपलिया प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। यस्तै उत्कृष्ट ब्याटर डिएभी स्कुलका आरुष झा, उत्कृष्ट बलर विजेता पुलिस स्कुलका आर्यन शाह, उत्कृष्ट विकेट किपर जेम्स स्कुलका दीक्षान्त मिश्रा तथा उदीयमान खेलाडी रेडियन्ट रिडर्स स्कुलका सनातन नेपाल घोषित भए।

प्रतियोगिताको गत साता सम्पन्न फुटबलतर्फ १८ टोली सहभागी हुँदा कान्जिरोवा माध्यमिक विद्यालयले उपाधि जित्यो। दोस्रो स्थानमा मोर्डन इन्डियन स्कुल रह्यो भने डिएभी तेस्रो स्थानमा रह्यो। व्यक्तिगत पुरस्कारमा डिएभीका आर्यन झा उत्कृष्ट गोलकिपर, मोर्डन इन्डियन स्कुलका दीपांकर भुसाल सर्वाधिक गोलकर्ता, कान्जिरोवाका तुसार गिरी उदाउँदो खेलाडी र म्यान अफ द फाइनल तथा एनके मेमोरियल इंग्लिलिस प्रिपरेटरी स्कुलले फेयर प्ले टिम पुरस्कार जिते। फुटबलको पुरस्कार वितरण कार्यक्रम अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले गरेका थिए। सो क्रममा थापाले बृहत् आयोजनाको प्रशंसा गरेका थिए।

अन्य खेलतर्फ तेक्वान्दोमा ९ विद्यालयबिच प्रतिस्पर्धा हुँदा विष्णुदेवी माध्यमिक विद्यालय प्रथम, डिएभी दोस्रो र जेम्स तथा जुगल नव गुरुकुल विद्यालय तेस्रो भए। महिला उत्कृष्ट पुम्से खेलाडीमा विष्णुदेवीकी वर्षिका महरा, पुरुष उत्कृष्ट पुम्से खेलाडीमा बोधी वृक्षका नभ्यम लामा, महिला उत्कृष्ट फाइटरमा डिएभीकी गरिमा पुन र उदाउँदो खेलाडीमा डिएभीकै अक्षुन्ना राई घोषित भए।

पुरुष बास्केटबलमा १० विद्यालय सहभागी हुँदा एलआरआई विद्यालय प्रथम र ज्ञानोदय विद्यालय दोस्रो बने। एलआरआईकै रियुची श्रेष्ठ शीर्ष स्कोरर तथा राकेश भुजेल एमभिपी घोषित भए। महिला बास्केटबलमा १० विद्यालय सहभागी हुँदा जेम्स स्कुल प्रथम र ज्ञानोदय दोस्रो बने। जेम्सकै कृषा ढकाल शीर्ष स्कोरर र दिव्यंशा कार्की एमभिपी बने।

यस्तै, टेबल टेनिसतर्फ १५ विद्यालयले प्रतिस्पर्धा गरेका थिए। पुरुष टिम इभेन्टमा युनाइटेड स्कुल प्रथम, सृष्टि एकेडेमी दोस्रो र एभिएम तथा डिएभी तेस्रो भए। महिला टिम इभेन्टमा एभिएम प्रथम, युनाइटेड दोस्रो र पुष्पसदन तथा मोर्डन इन्डियन स्कुल तेस्रो भए। विभिन्न उमेर समूहको विधाहरूमा डिलाइट किन्डरगार्डेन हाई स्कुलका निर्भीक शाक्य, सृष्टि एकेडेमीकी अनुस्का शाह, काव्य स्कुलका तृजल चौधरी र तोरण नवजीवन स्कुलकी प्रमिशा पुन उत्कृष्ट खेलाडी बने। युनाइटेड युनिभर्सलका सरुरत गौतम, डिएभीकी रुमानी पाठक, पुष्पसदनका एरोन महर्जन र डिएभीकी स्नेहाकुमारी महतोलाई रायजिङ प्लेयर अवार्ड दिइयो। एभिएमका काव्य शाक्य र शिरीषराज शाक्य उदीयमान खेलाडी बने।

ब्याडमिन्टनमा १३ विद्यालय सहभागी हुँदा नेपाल पुलिस स्कुल प्रथम, सेन्ट मेरिज दोस्रो र केन्द्रीय विद्यालय तेस्रो भए। व्यक्तिगततर्फ डिएभीका सुमिर ढकाल उत्कृष्ट पुरुष खेलाडी, सेन्ट जेभियरकी निकिता यादव उत्कृष्ट महिला खेलाडी बने। डिएभीका आयुष पौडेल र सेन्ट मेरिजकी बिजल खत्री उदीयमान प्लेयर बने।