मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाग नेपालले सुरु गर्‍याे अनिश्चितकालीन आन्दोलन, मन्त्री देवेन्द्र दाहालको राजीनामा माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

नेपालको देवनागरी लिपि नामेट पार्ने गरी इम्बोस्ड नम्बर प्लेट लाद्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले सडक आन्दोलन सुरु गरेको छ। बुधबार जाग नेपालीले नयाँ बानेश्वरमा धर्ना तथा विरोधको कार्यक्रम गरेको हो।

कार्यक्रममा जाग नेपालीले सातबुँदे माग सार्वजनिक गरेको छ। मागहरूमा रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने, देवनागरी लिपिमा सवारी नम्बर प्लेट राख्ने निर्णय लिनुपर्ने, भौतिकमन्त्री देवेन्द्र दाहालको राजीनामालगायत छन्।

जाग नेपालीका संयोजक डा. दीपेश केसीले इम्बोस्ड नम्बर प्लेट खारेज गरी देवनागरी लिपिको नम्बर प्लेट सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने बताए। उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल कमिसनको खेलमा लागेर इम्बोस्ड नम्बर प्लेट लाद्न उत्रिएको भन्दै नैतिकताका आधारमा राजीनामाको माग गरे।

सत्य र न्याय खोजी अभियानका संयोजक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटमा व्यापक भ्रष्टाचार र दोहन भएकोले जिम्मेवार व्यक्तिहरूमाथि कडा कारबाही हुनुपर्ने बताए। उनले देश र जनतामाथिको दोहन चुपचाप सहन नहुने भन्दै आन्दोलनमा उत्रन आह्वान गरे।

नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले सरकारले नै भ्रम सिर्जना गरेर इम्बोस्ड नम्बर प्लेट जबर्जस्ती राख्न बाध्य पारिरहेको बताए। उनले नेपाली भाषाको देवनागरी लिपि मेट्नेदेखि सुरक्षाका दृष्टिले संवेदनशील इम्बोस्ड नम्बर प्लेट खारेज हुनैपर्ने बताए।