मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराष्ट्रपति भण्डारी र रास्वपा सांसद झाबिच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र रास्वपा सांसद मनीष झाबिच छलफल भएको छ। आज मंगलबार बिहान भण्डारीको निवास पुगेका झाले १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टा छलफल गरेका हुन्।

वर्तमान राजनीतिक अवस्थाबारे भण्डारीको सरोकार र समाधानको आवश्यक पहलबारे छलफल भएको भेटपछि झाले जानकारी दिए। ‘एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो। कुनै विशेष एजेन्डाभन्दा पनि राजनीतिक संवादको सुरुवातस्वरूपको भेटघाट थियो,’ झाले प्रेसनोट जारी गर्दै भनेका छन्। 

सो क्रममा भण्डारीले सहकारीको विषय समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाइएकोप्रति सरोकार राख्दै रवि लामिछानेप्रति सदभाव देखाएको झाले बताए।

उनले नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भएको भन्दै त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको बताएकी थिइन्।