मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२८:oo
Read Time : < 1 मिनेट
समाचार

प्रधानसेनापति सिग्देल भोलि थाइल्यान्ड जँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२८:oo

प्रधानसेनापति अशोकराज सिग्देल सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन सोमबार थाइल्यान्ड प्रस्थान गर्ने भएका छन्। राष्ट्रिय थाई सेनाको सहकार्यमा अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डद्वारा आगामी १० देखि १२ भदौसम्म थाइल्यान्डको हुआ हिनमा सम्मेलन आयोजना हुँदै छ। ०५६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ।

सम्मेलनमा सहभागी विभिन्न मुलुकका सेना प्रमुखबिच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोचलगायत समसामयिक विषयमा छलफल तथा विचार आदान-प्रदान हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यस अवसरमार्फत सहभागी सेनाहरूसँग आपसी सम्बन्ध विस्तार गर्दै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई पनि सकारात्मक योगदान पुग्ने नेपाली सेनाको विश्वास छ।

थाइल्यान्ड प्रस्थान गर्नुअघि आइतबार जंगी अड्डामा प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको छ। प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मलकुमार थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।