मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२३:oo
Read Time : < 1 मिनेट
समाचार

स्कुटर चोरीमा संलग्न एकजना नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२३:oo

काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट स्कुटर चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको गल्कोपाखा बस्ने ३७ वर्षीय रिकेश खड्गीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

वास्तविक नम्बर प्रदेश ०३-०२-००५ प ३७२  रहेको स्कुटरको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ७९२४ राखी चलाइरहेको अवस्था फेला पारी खड्गीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। 

उक्त स्कुटर भक्तपुर बस्ने कञ्चन भुजुले काठमाडौंको ठमेलबाट हराएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। 

स्कुटरसहित नियन्त्रण गरिएका उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।