
झण्डै डेढ महिनापछि मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरिएको छ।
मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्रचार गरी १२ भदौ दिउँसो १ बजे अधिवेशन प्रारम्भ हुने जानकारी दिएको हो।
गत बुधबार प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखका निमित्त सचिव सत्रुधन यादवले बताए।
यसअघि असार ३२ गते २२ वटा बैठक सम्पन्न गरी पाँचौं अधिवेशन अन्त्य भएको थियो।