मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कृषि उद्यमको विकासका लागि एग्रो डेभलपमेन्ट फन्डको तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

कृषिमा आधारित उद्योग व्यवसायको विकास र विस्तारमा सहयोग गर्ने गरी काठमाडाैंमा एग्रो डेभलपमेन्ट फन्डको तयारी सुरु गरिएको छ। कृषि क्षेत्रको विकासबाट मात्र रोजगारी सिर्जना हुन सक्ने, आयात प्रतिस्थापन गर्न सकिने र नेपालीको जीवनस्तर सुधार गर्न सकिने निर्विवाद छ।

राज्यले कृषिलाई प्राथमिकतामा राखे तापनि सही उद्यमीले सहयोग पाउन सकेका छैनन्। बैंकको साँवा, किस्ता र ब्याजको बोझ तथा विशेषज्ञ सेवा नपाउँदा अधिकांश उद्यो व्यवसाय अहिले समस्यामा छन्।

यही अवस्थालाई विचार गरी वीरगन्ज र काठमाडाैंका उद्यमी, व्यवसायी तथा बैंक र बिमा क्षेत्रका सफल व्यक्तित्वहरू मिलेर ‘एग्रो डेभलपमेन्ट फन्ड लिमिटेड’ कम्पनीको स्थापना गरेका छन्। कम्पनीको मुख्य प्रवर्द्धकमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेस्ट फर्मास्युटिकल्स समूह र कृषि उद्यमी शिवजी कलवार समूह तथा बैंक र बिमा विज्ञहरू रहेका छन्। कम्पनीमा नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडको सबैभन्दा बढी २३.३३ प्रतिशत लगानी रहेको छ।

पचास करोड अधिकृत पुँजी र तत्काल चुक्ता पुँजी दश करोड रहेको यो कम्पनी २०८२ असारमा कम्पनी रजिस्ट्रारमा दर्ता भइसकेको थियो। प्राइभेट इक्विटीको कारोबार इजाजतका लागि आवश्यक सबै प्रक्रिया पुर्‍याई साउनको दोस्राे साता नेपाल धितोपत्र बोर्डमा समेत पेस गरिसकिएको छ। पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार भट्टराई र सञ्चालकहरूमा विजयबहादुर शाह, उमेशलाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोदकुमार साह रहेका छन्।

नेपालमा कृषिलगायत अन्य उद्योग व्यवसायमा विगतमा आवश्यक फन्ड जुटाउन स्वपुँजी र बैंक कर्जाको मात्र व्यवस्था थियो। स्वलागत (इक्विटी) भन्दा बैंक कर्जा बढी हुँदा अत्यधिक ब्याज र किस्ता तिर्न नसकेको कारण अधिकांश उद्योग व्यवसाय चल्न नसकी रुग्ण भएका वा बन्द भएका थिए।

एग्रो डेभलपमेन्ट फन्ड लिमिटेड समस्यामा परेका त्यस्ता कृषि उद्यमीलाई सहयोग गर्ने गरी कम्पनी सञ्चालन आउन लागेको र सोको सम्भावनाबारे राज्य सरकार, संघीय सरकार र अन्तर्राष्ट्रिय संघसंस्थाका निकायसँग समन्वयका लागि प्रारम्भिक सम्पर्क पनि गरिसकेको छ। कृषिमा सहयोग गर्न चाहने त्यस्ता संघसंस्था र नेपालीहरूसँग रहेको अनुत्पादक पुँजी संकलन गरी कृषिमा आधारित उद्योग व्यवसायमा इक्विटी सेयरमा लगानी गर्नु र विशेषज्ञ सेवा प्रदान गर्नु नै यो कम्पनीको मुख्य लक्ष्य रहने अवगत गराउन चाहन्छौँ।