मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:१२:oo
Read Time : < 1 मिनेट
समाचार

लिपुलेकबारे नेपालको प्रतिक्रियाप्रति भारतको टिप्पणी : नेपालको दावी अस्वीकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:१२:oo

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकका बारेमा बुधबार नेपालले सार्वजनिक गरेको धारणाप्रति प्रतिक्रिया जनाएर लिपुलेकको नेपाली दाबी स्वीकार्य नभएको भनेका छन् । 

‘भारतले नेपालको परराष्ट्र मन्त्रालयद्वारा लिपुलेक पासमार्फत भारत र चीनबिच पुनः सुरु भएको सिमाव्यापारसम्बन्धी टिप्पणीलाई ध्यानपूर्वक लिएको छ’ उनले सार्वजनिक गरेको प्रेस नोटमा छ, ‘भारत र चीनबीच लिपुलेक पासमार्फत सिमाव्यापार सन् १९५४ मा सुरु भएको हो र दशकौँदेखि जारी छ। पछिल्ला वर्षहरूमा कोभिड र अन्य कारणले अवरुद्ध भए पनि अहिले दुवै पक्षबीच सहमति भई यो पुनः सञ्चालनमा आएको हो।’

लिपुलेकबारे भारतीय प्रतिक्रिया छ, जहाँसम्म भूमि (लिपुलेक) दाबीको कुरा छ, हाम्रो अडान स्पष्ट छ यस्ता दाबीहरू न त ऐतिहासिक तथ्यमा आधारित छन्, न त प्रमाणमा। कुनै पनि एकपक्षीय वा कृत्रिम रूपमा बढाइएका दाबीहरू अस्वीकार्य छन्।’ 

उनले भारत नेपालसँग बाँकी रहेका सीमा–सम्बन्धी मुद्दाहरूलाई कूटनीति र संवादमार्फत समाधान गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।