मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
Invalid date format २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार

निःशुल्क मुख परीक्षण महाभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o२:oo

हजारौँको निःशुल्क मुख परीक्षण गर्ने गरी बुटवलमा महाभियान सुरु भएको छ । विभिन्न संघसस्थाहरूले संयुक्त रूपमा बुधबारबाट अभियान सुरु गरेका हुन् ।

लायन्स क्लब अफ रुपन्देही, रोटरी क्लब अफ लुम्बिनी स्टार्स, दारी ग्याङ र आधुनिक समाज विकास फाउन्डेसनको संयुक्त आयोजना र बुटवलस्थित आधुनिक समाज डेन्टल केयरको प्राविधिक सहयोगमा ४ भदौ बुधबारदेखि सञ्चालन गरिएको महाभियान ५ असोजसम्म सञ्चालन हुनेछ ।

‘स्वस्थ मुख महाभियानः स्वस्थ शरीरको लागि स्वस्थ मुख’ भन्ने नारा तय गरी महाभियान गर्न लागिएको हो । ‘पैसाको अभावमा कसैले दुखाइ सहन नपरोस्, पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस्,’ भन्ने मर्मका साथ महाभियान सञ्चालन गरिएको मुख स्वास्थ्य अभियन्ता एवं आधुनिक समाज डेन्टल, बुटवलका अध्यक्ष अमृत भुसालले बताए।