मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
खाँदबारी–११ आंलामा कृषकहरूधान रोपाई गर्दै । 
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:३८:oo
Read Time : < 1 मिनेट
अर्थ

संखुवासभामा ९० प्रतिशत रोपाइँ सकियो

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:३८:oo

पूर्वी पहाडी तथा हिमाली जिल्ला संखुवासभामा ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको तल्लो क्षेत्र क्षेत्रमा अझै पनि रोपाई सकिएको छैन् ।

जिल्लाको उच्च र मध्य क्षेत्रमा धान रोपाई सकिएर पनि गोडमेल सुरु भइरहँदा तल्लो औल क्षेत्रमा अझै पनि १० प्रतिशत जति खेतमा धान रोपाई चलिरहेको कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विकले बताए । अब रोपाई अन्तिम चरणमा पुगेको बताउर्दै बढीमा एक साताभित्र सकिने बताए । 

संखुवासभा भौगोलिक हिसाबले पहाडी तथा हिमाली क्षेत्र भएकाले उपल्लो तह उच्च हिमाली क्षेत्र र मध्यपहाडी क्षेत्रमा छिटो रोपाई हुन्छ भने तल्लो औल क्षेत्रमा भदौ दोस्रो सातासम्म रोपाइ हुने गरेको कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख विक बताउँछन् । 

कृषि ज्ञान केन्द्र संखुवासभाको तथ्यांङकअनुसार जिल्लामा ३१ हजार पाँच सय ९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । केन्द्रले हरेक साताको शुक्रबार साताभरको रोपाइको तथ्यांङक अपडेट गर्ने गरेको कार्यालय प्रमुख विकको भनाइ छ । 

खाँदबारी नगरपालिकाभित्रका सेकाहा, पाङ्मा, हेलुवाबेसी, चन्दनपुर, चेवा, कलचेबेसी, पाङ्ठाबेसी, पिप्लेबेसी, माल्टाबेसीलगायत ठाउँमा धान खेती गरिदै आएको छ । १० वटा स्थानीय तह रहेको संखुवासभामा हेदाङ्गना, चैनपुर, मादी र धूपूलगायत स्थानहरू धान उत्पादन हुने मुख्य क्षेत्रहरु हुन् ।

बिशेषः यो जिल्लामा अट्टे, बेलगुठी, खुमलचार, राधाकृष्ण, सानोमसिना र कालधान लगायत जातका धानहरू उत्पाद नगर्ने गर्दछन् । पूर्वमा नै धान उत्पादनमा संखुवासभालाई राम्रो जिल्ला रुपमा गनिर्दै आएको छ ।