मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
Invalid date format १९:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

जसपाका तीन सांसदसहित एक दर्जनभन्दा बढी नेता प्रहरी नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२७:oo

जनता समाजवादी पार्टी नेपाल (जसपा)को तीन सांसदसहित एक दर्जन नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौर हत्याकाण्डको छनबिन गर्न सर्वोच्च अदालतले दिएको परामादेशको विरोध गर्दै मंगलबार जसपाले निकालेको मसाल जुलुसमा सहभागी उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

जसपाका केन्द्रीय प्रवक्ता समेत रहेका मधेश प्रदेशका सांसद मनिष सुमन, किरण साह र लुम्बिनी प्रदेश सासंद अम्बिका दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

त्यस्तै, जसपाको केन्द्रीय सदस्य डा. बबी सिंह, रेणुराज सिंह, शशिकपुर मियाँसहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जसपाका केन्द्रीय सचिवालय प्रमुख महेश चौरसियाले बताए।