मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
Invalid date format १९:o७:oo
Read Time : > 1 मिनेट
खेलकुद

असोज पहिलो साता प्रथम छायाँनाथ अल्ट्रा म्याराथन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o७:oo

मुुगुम कार्मारोङ गाउँपालिकाले पहिलोपटक छायाँनाथ अल्ट्रा म्याराथनको आयोजना गर्न लागेको छ । छायाँनाथ धामको प्रचारप्रसार एवं प्रर्वद्धन र ऐतिहासिक संस्कृति तथा जैविक विविधताको संरक्षणको निम्ति छायाँनाथ अल्ट्रा म्याराथन ०८२ आयोजना गर्न लागेको पालिका अध्यक्ष छिरिङ क्याम्ने लामाले बताए ।

आगामी ६ देखि ८ असोजसम्म सञ्चालन गर्ने लक्ष्य रहेको उक्त म्याराथन बारे आज काठमाडौंस्थित सिंहदरवारमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसहित जिल्लाका जनप्रतिनिधि र पर्यटन व्यवसायीले छलफल तथा सुझाव संकलन गरेका छन् । प्रसिद्ध तिर्थस्थल  छायाँनाथधामको प्रचार प्रसार गर्न र महत्व बुझाउन र धार्मिक पर्यटनसँग खेल र खेलाडी जोड्न छायानाथ म्याराथन महत्वपूर्ण हुने वनमन्त्री शाहीले बताए ।

पहिलोपटक जे जस्तो भए पनि खेल सफल बनाउन पालिकाको भूमिका अतुलनीय रहन्छ म्याराथनले खेलाडी जगतलाई उत्साह र पर्यटन प्रर्वधन टेवा पुग्ने आसा गरिएको छ । 
म्याराथन क्षेत्रमा सहयोग गर्ने सबै निकायसँग समन्वय सहकार्य गर्न मन्त्री शाहीले पालिकालाई सुझाव दिएका छ्न् । छायाँनाथ म्याराथनले कर्णालीलाई फाइदा पुग्ने पर्यटन व्यवसायी राजु कार्कीले बताए । 

छायानाथ म्याराथनमा बढीभन्दा बढी खेलाडीको सहभागिता बढाउन सबैले आ आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने कांग्रेस युवा नेता खगेन्द्रबहादुर मल्लले सल्लाह दिए ।

म्याराथनको दुरि र प्वाइन्ट  छायाँनाथ म्याराथन ४२ दशमलव २ किमी फुल म्याराथन रहने छ । २२६३ मिटर पुलु बजारदेखि सुरु भै ४८२० मिटरमा रहेको छायानाथधाममा पुगेर चितै गाउँ हुँदै पुनः पुलु बजार पुगेर टुङ्गिने छ । सहभागीहरू पूलुबाट दौडेर तिहारबगर, किम्री, परलोक हुँदै छायाँनाथ पुगेर त्यहाँबाट फर्कि चितैगाउँ भएर पुनः पुलु पुगेर दौड अन्तिम हुनेछ । 

म्याराथनमा प्रथम हुने खेलाडीलाई पाँच लाख नगदसहित मेडल, द्धितिय हुने खेलाडीलाई दुई लाख ५० हजार नगदसहित मेडल, तृतिय हुने खेलाडीलाई एक लाख ५० हजार नगद प्रदान गरिने भएको छ ।