मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेश सभाको नयाँ भवन शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

गण्डकी प्रदेश सभाको नयाँ भवन शिलान्यास गरिएको छ। हालको प्रदेश सभा भवन रहेको पोखरा महानगरपालिका–३ नदीपुरमा नयाँ भवनको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरेका हुन्।

२५ करोड ३७ लाख ८२ हजार ८६१ रुपैयाँ लागतमा उक्त भवन बन्न लागेको हो। भवन निर्माणको लागि ३२ करोड ८३ लाख दुई हजार ३६५ रुपैयाँको लागत राखेर २१ जेठ ०८१ मा प्रदेशको पूर्वाधार विकास निर्देशनालयअन्तर्गतको शहरी विकास तथा भवन कार्यालय कास्कीले टेण्डर आह्वान गरेको थियो। ३५ निर्माण कम्पनीले टेण्डर राखेकोमा २६ बटा कम्पनीमात्र स्विकृत भएका थिए।

तीमध्ये ३२.४१ प्रतिशत घटेर टेण्डर राखेको श्रेष्ठ एन्ड सन्स÷इस्ट वेस्ट जेभी काठमाडौंले भवन निर्माणको जिम्मा पाएको थियो। उक्त कम्पनीसँग कार्यालयले १८ माघ ०८१ मा तीन वर्षमा निर्माण सक्ने गरी सम्झौता गरेको कार्यालयका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए।

तीनतले भवनको हाल जमिनमा ढलान गरेर पिल्लर उठाउने संरचना तयार भएको छ। हालसम्म चार करोड ७४ लाख ४८ हजारको आर्थिक र २० प्रतिशत भौतिक निर्माणको काम सकिएको उनले जानकारी दिए।

नयाँ भवनमा प्रदेश सभा सचिवालय, सभामुख, उपसभामुख, विषयगत समितिहरु, दर्शक दीर्घा, विभिन्न कार्यक्रमहरु गर्न मल्ने हल, संसदीय दलका लागि पाँच वटा कार्यालय, सामान्य र भीआइपी कक्ष, मार्सल कार्यालय, कार्य व्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल,  टिभी स्टुडियो, चमेना गृहलगायत रहनेछन्।

शिलान्यासपछि मुख्यमन्त्री पाण्डेले तोकिएको समयमै निर्माणको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे। सकेसम्म यही कार्यकालभित्रै सम्पन्न गर्न उनको आग्रह थियो।