
नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानालाई हटाउन आवश्यकता परेको प्रतिक्रिया दिएका छन् ।
सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले आवश्यकता पर्यो । अहिले हटाउन सुरु गर्याैँ । हस्ताक्षर गर्न दलले निर्देशन दियो । हस्ताक्षर गर्याैँ ।’ अहिले कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउने गरी सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन् । हस्ताक्षर गरेपछि सांसद थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।