मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
Invalid date format १९:५o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

भाषा र धर्मलाई राजनीतिक लाभहानिको माध्यम बनाउँदा समाजमा विभाजन आउँछ : मुख्यमन्त्री बानियाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५o:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भाषा, धर्म र संस्कृतिको नाममा राजनीति गर्न नहुने बताएका छन्। उनले यस्ता संवेदनशील विषयलाई राजनीतिक लाभहानिको माध्यम बनाउँदा समाजमा विभाजन आउने खतरा रहेको औँल्याए।

तामाङ पत्रकार संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार भाषा संरक्षणमा प्रतिबद्ध रहेको दाबी गरे। उनले प्रदेश सरकारले तामाङ र नेवार भाषालाई प्राथमिकतामा राखेर अग्राधिकार दिइसकेको बताए।

‘धर्मको नाममा, जातको नाममा वा भाषाको कुरा गरेर राजनीति गर्नु हुँदैन। विगतमा कसैले धर्म त कसैले जातको नाममा भ्रम सिर्जना गरे। तर अब त्यसो गर्नु उपयुक्त हुँदैन,’ उनले भने,  ‘भाषा कुनै एक जातिको मात्र नभएर सबैका लागि ज्ञानको स्रोत हो। तामाङ भाषाको ज्ञान क्षेत्री, बाहुन, दलित सबैले लिन सक्छन्। यो ज्ञान हो, यसले सबैलाई जोड्छ। भाषा ऐन कार्यान्वयनको निर्णय कुनै जातले गरेको होइन। यो राजनीतिक रूपमा मेरो नेतृत्वको सरकारले गरेको हो।’

धर्मको वास्तविक अर्थ मानवताको सेवा भएको बताउँदै उनले धर्म मानवता र न्यायको पक्षमा उभिनु पर्ने बताए। भाषा, संस्कृति र परम्पराको संरक्षण, जगेर्ना र प्रवर्द्धन गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले बागमती सरकारले त्यसका लागि आवश्यक कदम चालिरहेको जानकारी दिए। कार्यक्रममा पत्रकार भुवन घलान र अर्जुन बहादुर तामाङलाई पुरस्कृत गरिएको थियो।