मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
Invalid date format १९:३३:oo
Read Time : < 1 मिनेट
प्रदेश

लुम्बिनी प्रदेशले प्रांगारिक मल उत्पादनलाई प्राथमिकतामा राखेको छः मुख्यमन्त्री आचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३३:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रांगारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । शुद्धोधन गाउँपालिका–१ मानपकडीस्थित सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो रासायनिक मलको अभावलाई प्रांगारिक मलले पूर्ति गर्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

‘प्रांगारिक प्रदेश बनाउने लक्ष्य पूरा गर्न प्रांगारिक मल उत्पादन हुनु जरुरी छ,’ उनले भने, ‘यही मल प्रयोग गरेर खेती प्रणालीलाई अघि बढाउने गरी केही वर्षभित्र प्रदेशलाई प्रांगारिक प्रदेशको रूपमा विकास गर्ने लक्ष्य पूरा हुनेछ।’

मुख्यमन्त्री आचार्यले प्रांगारिक मल उत्पादनका लागि सामुदायिक संघसंस्था, निजी क्षेत्र र उद्यमीसँग साझेदारी गर्ने गरी सरकारले वातावरण बनाउने पनि बताए । स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन कृषि क्षेत्रको योगदान अतुलनीय रहेको चर्चा गर्दै उनले रोजगारी सिर्जनाको आधार पनि स्थानीय उत्पादन नै भएको उल्लेख गरे ।

वनजंगलमा खेर गइरहेका पातपतिंगर संकलन गरेर कम्पोस्ट मल बनाउन सकिन्छ । गा‌ैशालामा यो अभियान सुरु भएको छ । किसानका गोठलाई सुधार गरेर मल–मुत्रबाट समेत प्रांगारिक मल बनाउन सकिने अभ्यासलाई अभियानका रूपमा लैजान उनले आग्रह गरे ।

मुख्यमन्त्री आचार्यसहित अनुगमनमा सहभागी प्रदेश सभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले किसानले भोगिरहेको रासायनिक मलको समस्या समाधान गर्न प्रांगारिक मल उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

उद्यमी सिपी शर्माले अर्गानिक उत्पादनमा जोड दिँदै राज्यले सहयोग गरे यो अभियानलाई अझ व्यापक बनाउन सकिने बताए ।