मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भुटान जाने टोलीको बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू–१७ च्याम्पियनसिप खेल्न भुटान जाने नेपाली टोलीको बिदाइ गरेको छ। चेतनारायण श्रेष्ठ प्रशिक्षक रहेको नेपाली टोली सोमाबार भुटान जाँदै छ।

अगस्ट २० देखि ३१ सम्म हुने प्रतियोगितामा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी छन्। सबैले एक-अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ।

टोलीको गोलकिपरमा झरना डुम्राकोटी, लक्ष्मी ओली र गंगा गुरुङ छन्। डिफेन्डरमा दीक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी विक, ज्ञानुडोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मीनमाया श्रेष्ठ ,अन्शु विक छन्। 

मिडफिल्डरमा डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रविना विक, सहारा लिम्बू, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल अटाएका छन्। फरवार्डमा अस्मिता मगर, यमकुमारी विक, अनिता रानामगर र दीक्षा नेपाल रहेका छन्। टोलीको व्यवस्थापकमा नेपाल राष्ट्रिय महिला टोलीकी पूर्वकप्तान निरू थापा रहेकी छिन्।

बिदाइ कार्यक्रममा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको सहभागिता थिएन। केन्द्रीय सदस्यहरू विकासनारायण श्रेष्ठ र पुरुषोत्तम थापासहित सहमहासचिव बद्री भट्टराई, सिइओ इन्द्रमान तुलाधर तथा एन्फा प्राविधिक निर्देशक हरि खड्का उपस्थित थिए।