मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १ आइतबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार

नयाँ बसपार्कको होटेलमा बोलाएर श्रीमतीको हत्या गर्ने युवक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १७:o६:oo

छलफलका लागि भनेर होटेलमा बोलाएर श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। काठमाडौंको बुढानीलकण्ठ २ भंगाल घर भएका २८ वर्षीय सन्तोष सेन्चुरीलाई प्रहरीले शनिबार भारतबाट पक्राउ गरी ल्याएको हो। 

गत २७ साउनमा उनले नयाँ बसपार्कस्थित कोशी होटेल एन्ड लजको कोठा नम्बर २०१ मा श्रीमती २७ वर्षीया ललिता विकको हत्या गरेका थिए। घाँटी थिचेर हत्या गरी शव बक्स-पलङभित्र लुकाएका थिए। 

भोलिपल्ट ललिताका भाइले दिदी हराएको भनेपछि प्रहरीले अनुसन्धान थालेको थियो । जसक्रममा प्रहरी वृत्त महाराजगन्जले सन्तोषलाई पनि सोधपुछ गरेकोमा केही थाहा नभएको भन्दै उनी पनि श्रीमती खोज्न गएका थिए। २९ साउनमा उनी भारत भागेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतबाट पक्राउ गरी ल्याएको हो । यद्यपि, प्रहरीले पर्सामा पक्राउ गरेको छ । 

एसपी अंजुर जिसीका अनुसार सन्तोष र ललिताबिच राम्रो सम्बन्ध थिएन । सम्बन्धविच्छेद गर्ने भन्दै उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए। सन्तोषकी प्रेमिकाको विषयलाई लिएर उनीहरूबिच विवाद हुँदै आएको थियो । सम्बन्धविच्छेदबारे छलफल गर्न भनेर नै उनले होटेलमा बोलाएर हत्या गरेका हुन् । 

प्रहरीका अनुसार २९ गते होटेलमा ललिताको शव भेटिएको थियो । कोठाभित्रबाट गन्ध आएपछि होटेलले प्रहरीलाई खबर गरेर कोठा खोल्दा शव भेटिएको हो । पक्राउ परेपछि सन्ताेषले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् ।