मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
२o८२ भदौ १ आइतबार १३:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिस्नेरी सडक डाइभर्सन नियमित, पहिरो पन्छाउन दुईवटा मेसिन प्रयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १३:१७:oo

हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली डाभर्सन बनाएर नियमित गरिएको छ । 
शनिबार बिहान ९ बजे खसेको सुक्खा पहिरोका कारण प्रदेश सरकारले निर्माण गरिरहेको सिस्नेरी सडक अवरुद्ध भएको २४ घण्टापछि डाभर्सन बनाएर नियमित गरिएको हो । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ ज्यामिरेमा शनिबार बिहान ९ः३० बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरो खसेर सडक अवरुद्ध भएको केही समयमा नै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी र एक्स्काभेटर प्रयोग गरेर सडक खुलाउन प्रयास भए पनि निरन्तर रूपमा पहिरो खसेकाले समस्या भएको थियो । 

मन्त्रालयअन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौँडामार्फत सडक खुलाउन मेसिनहरू प्रयोग गरिएको थियो । आयोजनाले आइतबार साँझसम्म सडक सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम गरिरहेको जनाइएको छ । 

आयोजनाका प्रमुख देवनारायण यादवका अनुसार शनिबार नै बाटो खुलाउने प्रयास गरिए पनि पहिरो खस्न नरोकिएपछि साँझ ६ बजेपछि काम रोकिएको थियो । आइतबार साँझसम्म सडक खुलाउने गरी मन्त्रालयसँगको समन्वयमा पहिरो हटाउने कार्य भइरहेको उनले बताए । सो स्थानको पहिरो हटाउन हाल तीनवटा मेसिन प्रयोग गरिएको उनले बताए । 

पहिरो पन्छाउने काममा एक्स्काभेटर, जेसिबी र लोडर एक–एकवटा प्रयोग गरिएको उनको भनाइ छ । बिहानैबाट पहिरो हटाउने काम थाले पनि पहिरो ठुलो र सडकको माथिबाट ढुंगा–माटो खस्ने क्रम जारी रहेकाले कठिन भएको उनले बताए । 
पहिराे पन्छाउने काममा प्रयोग गरिएको लोडरसमेत पहिरोले पुरिएको उनले बताए । बिहान ९ः३० बजेको समयमा पहिरो पन्छाउँदै गरेको अवस्थामा माथिबाट खसेको माटोले लोडर पुरिएको प्रमुख यादवले बताए । 

एक्स्काभेटर र जेसिबीले दुईतर्फबाट बाटो खुलाउन पहिरो हटाउने काम भइरहेको र दिनभरमा सक्ने लक्ष्यका साथ अघि बढेको उनले बताए । उक्त स्थान साँघुरो र जोखिमयुक्त रहेकाले मेसिनहरू थप गर्ने अवस्था नरहेको उनले बताए ।
सो सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राखेर राजधानी मार्ग नामकरण गरी निर्माण गरिएको छ । सो सडकको काठमाडौंतर्फको केही भाग कालोपत्रे गर्न बाँकी रहेको छ ।