मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ १ आइतबार १२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले भने– नौबिसे-नागढुंगा सुरुङमार्ग अन्तिम चरणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १२:४५:oo

प्रधानमन्त्री केपी ओलीले नौबिसे-नागढुंगा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले नौबिसे-नागढुंगा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाँडै सञ्चालनमा आउने बताएका हुन् ।

‘नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

हालसम्म आयोजनामा ९३ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिएका छन्।

नौबिसे-नागढुंगा सुरुङमार्गमा ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) र विस्फोटक पदार्थ प्रयोग नगरी बनाइएको हो । कुल २.६८ किलोमिटर लामो सुरुङमार्गमा साढे तीन मिटर चौडाइका दुई लेन निर्माण भएको छ ।

सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौँ आउन घण्टौँ जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्नेछ ।