मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १ आइतबार १o:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ईशान बाल तथा महिला अस्पतालले मनायो वार्षिकोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १o:o२:oo

ईशान बाल तथा महिला अस्पतालले विभिन्न कार्यक्रम गरी ३०औँ वार्षिकोत्सव मनाएको छ । अस्पतालले ०५२ साल कृष्णअष्टमीका दिन नेपालको पहिलो गैरसरकारी बाल अस्पतालका रूपमा १५ शड्ढया क्षमतासहित महाराजगन्जबाट सेवा सुरु गरेको थियो । हाल यो टोखा– ५, धापासीबाट अस्पतालले सुलभ दरमा गुणस्तरीय सेवा दिँदै आएको छ ।

वार्षिकोत्सवको अवसर पारी अस्पतालमा भगवान् श्रीकृष्णको पूजाआजा गरिएको छ । साथै, अस्पतालका विभिन्न विभागमा कार्यरत उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीका अनुसार अस्पतालमा चौबिसै घण्टा पेडियाट्रिक विशेषज्ञ रजिस्ट्रारबाट नवजात तथा बालरोग, नवजात तथा बाल सर्जरी, महिला, प्रसूति तथा हाडजोर्नीलगायतका सम्पूर्ण आकस्मिक सेवा उपलब्ध छन् ।

अस्पतालको सेवा लिनेमा नेपालसहित बेलायत, भारत, युएई तथा बंगलादेशका बिरामी रहेको बताइएको छ । विभिन्न विषयका ९० जना वरिष्ठ विशेषज्ञसहितका डाक्टरले सुपरस्पेसियालिटी तथा मल्टिस्पेसियालिटी सेवा दिँदै आएका छन् ।

कार्यकारी निर्देशक चौधरीले विगत ३० वर्षदेखि विश्वास गरी सेवा गर्ने मौका दिइरहेकामा सबै पक्षलाई धन्यवाद दिए । संस्थाले गरिरहेको प्रगति, भविष्यका महत्वाकांक्षी योजनाबारे पनि उनले प्रकाश पारे ।