मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फेदीखोला हाइड्रोले साढे १७ करोडको आइपिओ निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:५o:oo

फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा आइपिओ निष्कासन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा भएको साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडबाट ७० करोड पुर्‍याउने र त्यसको २५ प्रतिशत अर्थात् साढे १७ करोड रुपैयाँको सेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्ताव कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयसमेत साधारणसभाले गरेको छ । कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकामा रहेको फेदीखोलामा फेदीखोला (थुमलुङ) ४.३ मेगावाटको जलविद्युत् परियोजना निर्माण गरिरहेको छ, उक्त परियोजना आगामी पुसदेखि सञ्चालनमा आउँदै छ । 

साधारणसभामा आयोजनाको निर्माण सम्पन्न गर्न ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल साउन १५ गतेको बाढीका कारणले चार करोड लागत वृद्धि भई ९८ करोड लाग्ने जानकारी गराइएको थियो । त्यसको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपुँजी सेयरधनीबाट लगानी भइरहेको छ ।