मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले विधान महाधिवेशनमा २१२८ प्रतिनिधि : आयोजक केन्द्रीय कमिटीसहित २३९२ सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o८:oo

एमालेको दोस्रो विधान महाधिवेशनमा दुई हजार एक सय २८ प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन तयारी मूल व्यवस्थापन समितिको शनिबारको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको तथ्यांक यकिन गरेको हो ।

स्थायी समिति सदस्य तथा प्रचार उपसमिति संयोजक राजेन्द्र गौतमले आयोजकसहित विधान महाधिवेशनमा २३ सय ९२ जना महाधिवेशनमा सहभागी हुनेछन् । प्रारम्भिक तथ्यांक यकिन गरिएकाले केही संख्या घटबढ हुन सक्ने पनि उनले जानकारी दिए । 

एमालेको दसौँ महाधिवेशनमा दुई हजार एक सय ५३ जना सहभागी थिए । उनीहरू सबै विधान महाधिवेशनको प्रतिनिधि भए पनि २५ जना प्रतिनिधि संख्या घटेको छ । उनीहरूमध्ये कतिपयको मृत्यु भएको र कतिपय सम्पर्कबाहिर रहेको उनको भनाइ छ । विधान महाधिवेशन आगामी २०–२२ भदौमा ललितपुरको गोदावरीमा आयोजना हुँदै छ । 

बैठकमा महासचिव शंकर पोखरेललाई विभिन्न तयारी उपसमितिका संयोजकहरूले तयारीबारे रिपोर्टिङ गरेका थिए । बागमती प्रदेश र उपत्यकाले ललितपुरको सातदोबाटोदेखि गोदावरीस्थित कार्यक्रम स्थलसम्म स्वागत गेट र ब्यानरहरू राख्ने बैठकमा जानकारी गराएका छन् ।

त्यस्तै, केन्द्रीय सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डित र संयोजक श्याम बस्नेतले प्रदेश सम्पर्क कमिटीहरूले विभिन्न होटेलमा प्रतिनिधिहरूलाई राख्ने तयारी भइरहेको जानकारी गराए । बैठकमा विधान महाधिवेशनको मूल नारा र लोगोका सन्दर्भमा प्रचार उपसमिति संयोजक गौतमले सुझाव दिएका थिए । 

उद्घाटनस्थलमा आयोजक, प्रतिनिधि, स्वयंसेवक, पत्रकार, सुरक्षाकर्मीसहित ३५ सयजनालाई खाना तथा खाजाको प्रबन्ध गरिएको छ । उद्घाटन तथा छलफललाई व्यवस्थित गर्न मोर्चा संगठन संयोजक भानुभक्त ढकालको नेतृत्वमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेसहितको टोली परिचालित हुनेछ ।