मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
Invalid date format १९:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद

सलहेस सिराहाले चुम्यो ताप्लेजुङ गोल्डकपको उपाधि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४९:oo

अन्तर्राष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा चर्च ब्वाइज ललितपुरलाई २–० गोल गर्दै सलहेस फुटवल क्लब सिराहाले उपाधि चुमेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ७८औं मिनेटमा  सलहेसका विदेशी खेलाडी जर्सी नम्बर १७ का अजान्गु भेराईले १ गोल गर्दै खेललाई १–० बनाएको थियो । 

चर्च ब्वाईज ललितपुरका खेलाडीले गोल गर्न बारम्बार प्रयत्न गर्दा पनि कुनै गोल गर्न सकेन । फेरी सलहेस सिराहकै विदेशी खेलाडी युसुफ मल्लिकले खेलको ८५औं मिनेटमा एक गोल गरेर दर्विलो बनाएका थिए । बारम्बरको प्रयत्नपछि पनि चर्च ब्वाईजले कुनै गर्न नसक्दा दोस्रोमा चित्त बुझाउनु पर्यो । खेलपछि भएको पुरस्कार वितरणमा प्रथम हुनेले सात लाख दुई हजार ८२ रुपैयाँ प्राप्त गरे भने दोस्रो हुने चर्च ब्वाईज युवा क्लब ललितपुरले तीन लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गरेका थिए ।  

सबै खेलको सर्वाेकृष्ट खेलाडी सलहेस फुटबल क्लबका डिरिङ गुरुङ भए । उनले यामाहाले दिएको १५० सिसिको मोटरसाइकल प्राप्त गरेका छन् । खेलको उत्कृष्ट गोलकिपर सलहेस फुटवल क्लबका रेम्बो चौधरी बने । उनले १५ हजार नगद साथै मेडल, प्रमाणपत्र पाएका छन् । उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका आविष्कार खड्का भए । उनले १५ हजार नगद साथै मेडल, प्रमाण पत्र पाएका छन् । 

उदयमान खेलाडी अर्थात राइजिङ अवाड तेल्लोक स्पोटिङ क्लब ताप्लेजुङका सुहाङ लिम्बू बने । उनले १५ हजार नगद साथै मेडल, प्रमाणपत्रसहित प्राप्त गरेका छन् । उता हाइस्कोरर अर्थात खेलअवधिमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको उपाधि युसुफ मल्लिक लिए । उनले पाँच गोल लगाएका थिए । उनले पनि १५ हजार नगद साथै मेडल, प्रमाणपत्रसहित प्राप्त गरेका छन् ।  

लाखे जात्राको अवसरमा गत २४ साउनदेखि आयोजना भएको प्रतियोगिता आज सकिएको हो । 

प्रतियोगिताको पुरस्कार वितरण पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराई तथा कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्रि खगेनसिंह हाङगामले गरेका छन् । कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन स्थानीय तह, खेलप्रेमी, संघसंस्था र सर्वसाधारणको उल्लेखनीय ोग रहेको आयोजकले जनाएका छन् ।