मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
नयाँ पत्रिका राजविराज
Invalid date format १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार

पत्रकार यादवमाथि छुरा प्रहार गर्नेलाई तत्काल कारबाही गर्न जसपा नेपालको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
Invalid date format १९:३१:oo

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिले पत्रकार सौरभ यादवमाथि छुरा प्रहार गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ। 

शनिबार प्रदेश समितिका अध्यक्ष बालकिशोरप्रसाद यादवले  विज्ञप्ति जारी गर्दै नयाँ पत्रिकाकर्मी यादवमाथि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूलगेटनजिकै मोटरसाइकलमा आएका केही व्यक्तिले छुरा प्रहार गरेको घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको हो। 

विज्ञप्तिमा उल्लेख छ, ‘पत्रकार यादवमाथि भएको कुटपिटको ​जनता समाजवादी पार्टी, नेपाल घोर भर्त्सना गर्दछ, पत्रकारको सुरक्षाका लागि उचित सुरक्षा व्यवस्था मिलाउन र दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गर्दछ।’