मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३१ शनिबार १९:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेपालको लगातार दोस्रो हार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार १९:२३:oo

अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार मरारा क्रिकेट ग्राउन्ड २ मा नेपाल बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भएको हो । 

टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले ७ विकेट गुमाउँदा मात्र एक सय ५० रन बनायो । 

प्रतियोगितामा बंगलादेशको पहिलो जित हो । नेपालको भने लगातार दोस्रो हार भयो । यसअघि नेपालले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनको हार बेहोरेको थियो । बंगलादेश भने पाकिस्तान साहिन्ससँग ७९ को पराजित भएको हो । 

नेपालको इनिङमा कुशल मल्लले अर्धसतकीय इनिङ्स खेले । उनले ४७ बलमा ५९ रन बनाएका थिए । उनी यही सिजनबाट राष्ट्रिय टोलीका कमब्याक भएका हुन् । यसअघि अमेरिका भ्रमणमा भने कुशल टिमबाट बाहिर थिए । 

पहिलो इनिङ्समा बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ७३ रन बनाए। यसैगरी, अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए।

नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए ।