मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १७:५५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चालू आवको पहिलो महिना: सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो महिना सरकारले रु. ८५ अर्ब १९ करोड आम्दानी गर्दा रु. ४६ अर्ब ३० करोड खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो।

सरकारले चालू आवमा रु. १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ। साउन मसान्तसम्ममा कर राजस्वबाट रु. ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ। दशमलव ०९ प्रतिशत र गैर कर राजस्वबाट रु. तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत संकलन भएको विवरणमा उल्लेख छ। यस्तै, वैदेशिक अनुदानबाट रु. ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट रु. ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष रु. १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व, रु. एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैर कर राजस्व र रु. ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ।

चालू आवका लागि रु. १९ खर्ब ६४ अर्ब ११ करोडबराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा रु. ४६ अर्ब ३० करोड ६१ लाखबराबर खर्च भएको छ। चालूतर्फ रु. ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकामा हालसम्म एक दशमलव ५६ प्रतिशत अर्थात् रु. १८ अर्ब ४७ करोड ९८ लाखबराबर खर्च भएको महालेखाले जनाएको छ। 

यस्तै, पुँजीगत शीर्षकमा रु. चार खर्ब सात अर्ब ८८ करोड ८० लाख  विनियोजन भएकामा शून्य दशमलव १८ प्रतिशत अर्थात् रु. ७२ करोड ६३ लाख मात्रै खर्च भएको छ। पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ। चालू आवका लागि वित्तीय व्यवस्था शीर्षकमा रु. तीन खर्ब ७५ अर्ब २४ करोड २० लाखबराबर विनियोजन भएकामा साउन मसान्तसम्म सात दशमलव २२ प्रतिशत अर्थात् रु. २७ अर्ब १० करोड खर्च भएको छ।