Skip This
साउनमा पनि बढेन चुरापोतेको व्यापार [भिडियाे]
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:o८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

साउनमा पनि बढेन चुरापोतेको व्यापार [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:o८:oo

साउन महिनामा चुरापोते किन्नेको भिड हुने काठमाडौंको इन्द्रचोक बजार यो वर्ष लगभग शून्य छ।

विशेष गरी साउनमा चुरापोते तथा मेहेन्दीको व्यापार बढी हुने भए पनि यसपालि गत वर्षभन्दा कम व्यापार भएको व्यापारीहरू बताउँछन्। अघिल्ला वर्ष यो समयमा भुइँमा खुट्टा राख्ने ठाउँ नहुने पोते बजार अहिले सुनसान देखिन्छ।

नेपाली बजारमा उपलब्ध प्लास्टिक, काँच, लाहालगायतका चुरा भारतलगायतका मुलुकबाट आयात हुने गरेको छ। त्यस्तै चीन, चेक रिपब्लिक, जापान, ताइवानलगायतका मुलुकबाट लुङमाला, चोक्कर, लगन पोतेलगायतका पोते बजारमा उपलब्ध छन्।