Skip This
एसियाली बक्सिङ च्याम्पियनसिप : अर्पिलले जिते यू–२२ मा कांस्य 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २२ बिहीबार १o:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियाली बक्सिङ च्याम्पियनसिप : अर्पिलले जिते यू–२२ मा कांस्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १o:२२:oo

एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यू–२२ उमेर समूहमा नेपालका अर्पिल रानाले कांस्य पदक हात पारेका छन् । पुरुष ५० केजी तौल समूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केबाज सोदाई कोटोसँग ५–० ले पराजित भए ।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा भएको प्रतियोगितामा अर्पिलले प्रिक्वार्टरफाइनलमा साउदी अरबका इब्राहिमलाई ५–० तथा भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराउँदै सेमिफाइनलमा पुगेका थिए ।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्णकै प्रबल दाबेदार जापानका खेलाडीसँग अर्पिलले राम्रो प्रदर्शन गरेको बताए । ‘जापानका खेलाडी आफ्नो तौल समूहका स्वर्णका प्रबल दाबेदार हुन् ।

बलियो प्रतिद्वन्द्वीसँग अर्पिलले राम्रो खेले,’ भण्डारीले भने ‘अर्पिल राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२० को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् । यो प्रशिक्षणले अर्पिल मात्र होइन, धेरै खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको छ ।’