Skip This
अनुदानमा कृषि सामाग्री दिन्छु भन्दै साढे  तीन सय किसानको अढाई करोड झ्वाम
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ श्रावण २२ बिहीबार o९:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनुदानमा कृषि सामाग्री दिन्छु भन्दै साढे  तीन सय किसानको अढाई करोड झ्वाम

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार o९:४८:oo

कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र चुरो नेपाल नामक एनजिओबाट ठगिएका छन्। ५० प्रतिशत अनुदानमा कृषि सामाग्री दिन्छु भन्दै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन् । अनुदानमा कृषि सामाग्री पाइने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले आफ्नै शेयर सदस्य किसानबाट करोडौँ रकम सकलन गरेको थियो । 

गत वर्ष दुवै सहकारीले झण्डै साढे तीन सय किसानबाट अढाई करोड रकम संकलन गरेपनि किसानलाई कृषि सामाग्री दिलाउन सकेका छैनन् । अनमोल कृषि सहकारीले  एक सय १० किसानबाट ४८ लाख, ४६ हजार बढि र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट एक करोड ९३ लाख बढि रकम संकलन गरेका थिए । 

आफ्नै खेतबारीमा उत्पादन भएको कृषि उपज बिक्रिवितरणदेखि सहकारी,बैंक र  आफन्तबाट ऋण निकालेर कृषि सामाग्री खरिदका लागि सहकारीलाई अग्रिम पैशा बुझाएका किसानको अहिले विचल्ली भएको छ ।अग्रिम पैसा बुझाएका किसानलाई सामान वा पैसा फिर्ता नदिइएपछि उनीहरु समस्यामा परेका छन् । अनुदानमा कृषि सामाग्री पाउने आशमा रहेका झण्डै साढे तीन सय किसानले लालझाडीको अनमोल कृषि सहकारी संस्था र दोदा साना किसान सहकारीमा पैशा बुझाएको एक बर्ष वितिसक्दा पनि  कृषि समाग्री नपाएपछि किसान आन्दोलित भएका छन् । 

बुधबार सहकारीका उपभोक्ता एवं ठगिएका किसानले दुवै सहकारीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । उनीहरुले माफुहरुको पैसा फिर्तादेखि सामान नपाउँदासम्म ताला नखोल्ने चेतावनी दिएका छन् । लालझाडीका युवा किसान अर्जुन चौधरीले दोदा साना किसान सहकारीमार्फत कृषि सामाग्री पाइने भएपछि ऋण निकालेर ९५ हजार रकम बुझाएका थिए । चौधरीले पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिनका लागि ९५ हजार रुपैयाँ बुझाएपनि अहिलेसम्म सामान वा रकम केहि पनि फिर्ता नपाएको दुखेसो  पोखेका छन् । 

 ‘हामी ग्रामिण भेगका किसानमाथि यस्तोे अन्याय भयो, कसैले न्याय दिएन, ‘उनले भने, ‘किसानबाट सहकारीले रकम संकलन गरेको हो, हामीले पनि सहकारीमै रकम बुझाएका हौँ, सुरो नेपाल एनजिओलाई जान्दैनौँ, अब सहकारीले नै रकम फिर्ता दिलाउनुपर्छ ।’ अर्का किसान खडक रानाले आफुले अनमोल किसान सहकारीमै गएर रकम बुझाएको बताए । स्वदेशमै कृषि कार्य गरेर केही गर्न सकिने आशले उनले आधुनिक कृषि औजार खरिद  गरेर कृषि गर्न खोजेको पनि ठगिएपछि समस्यामा परेको दुखेसो पोखे । 

 ‘मैले पावर टिलरका  लागि सहकारीमै गएर कर्मचारीलाई ७५ हजार रुपैयाँ बुझाएको हुँ, ‘उनले भने, ‘रकम दिएपनि समान दिएको छैन, समान माग्न गएपछि सहकारीले सुरो नेपालबाट आएको छैन भनेर जवाफ आउँछ  ।’